दफा ५५
निर्वाचन परिणामको घोषणा
(१) दफा ४७ को उपदफा (३) बमोजिम प्रत्येक उम्मेदवारले प्राप्त गरेको मतलाई दफा ५४ बमोजिम कायम भएको मतभारले गुणन गरी आएको सङ्ख्यालाई त्यस्तो उम्मेदवारले पाएको कुल मत मानिनेछ ।
(२) उपदफा (१) बमोजिम कुनै उम्मेदवारले प्राप्त गरेको कूल मत निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत भएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवार निर्वाचित भएको घोषणा गर्नु पर्नेछ ।